मिथिला लघुवित्तको नाफामा पहिरो, निक्षेप कति ?

३ बर्ष अगाडि

काठमाडौं - मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४२ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको छ । लघुवित्तले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ७८.५९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ९९ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा बढी रकम छुट्याउनु परेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०।६४ प्रतिशत घटेको छ भने फि, कमिशन तथा डिस्काउण्ट १९.७० प्रतिशत घटेको छ । 

त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २७.४५ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७७।२५ प्रतिशत घटेको छ । नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । 

समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४८ रुपैयाँ ४१ पैसा घटेर १० रुपैयाँमा झरेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ३७ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेको छ भने जगेडा कोष ७.२१ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी १७.२९ प्रतिशत बढेको छ भने निक्षेप ३६.१५ प्रतिशत र कर्जा २१.७५ प्रतिशत बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया