कुमारी बैंकका ग्रहकहरुलाई दराजको ११.११ अभियानमा छुट

३ बर्ष अगाडि

काठमाडौं - कुमारी बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११ अभियानमा  छुट प्रदान गर्ने सम्झौता भएको छ । 

यो योजना नोभेम्बर ११ देखि लागू हुनेछ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल बैंकिङका प्रमुख अनिष ताम्राकार र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । 

कुमारी बैंकले आफ्ना ग्राहकलाई यस सहकार्यमार्फत दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा कुमारी बैंकको डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु. २ हजार ५०० सम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा रु. ३ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

कुमारी बैंकमा खाता रहेका ग्राहकले माथि उल्लिखित पूर्वभुक्तानी छुटहरु अभियानको अवधिमा सीमित अवधिका लागिमात्र हुनेछ । कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटीएम, ५३ शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको र आगामी दिनमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया