बैंक तथा वित्तीय संस्थाहरुले एकैदिन लिए १७ अर्ब ६९ करोड स्थायी तरलता सुविधा

३ बर्ष अगाडि

काठमाडौं - बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट बिहीबार मात्रै १७ अर्ब ६९ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् । 

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले उक्त सुुविधा लिएका हुन् । कात्तिक महिनायता बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ७९ अर्ब ४७ करोड ७४ लाख रुपैयाँ एसएलएफ सुुविधा लिएका हुन् । 

चालु आर्थिक वर्षको सुुरुआतदेखि हालसम्म सो सुुविधावावपत २५ खर्ब २ अर्ब २० करोड ६२ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाल लिएको विभागले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाको अनुरोधमा आकस्मिक तरलता व्यवस्थापनका लागि सरकारी ऋणपत्रको धितोमा नेपाल राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि प्रदान गरिने तरलता सुविधा नै स्थायी तरलता सुविधा हो । 

जसको ब्याजदर ८.५० प्रतिशत रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया