बाराही हाइड्रोको २ लाख ५० हजार कित्ता आईपीओ आवेदन दिने आज अन्तिम दिन, ककस्ले दिन पाउँछन् ?

३ बर्ष अगाडि

काठमाडौं - बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको सो आईपीओमा आज बैंकिङ्ग अवधिसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको हो । सो शेयर खरिदका लागि बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरूका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

यसका साथै नेपाल धितोपत्र स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका ताकिएका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया