काठमाडौं - सानिमा बैंकले ग्राहकका लागि दराजसँग ‘दराज ११.११’ मा विशेष छुट दिने सहकार्य भएको छ ।
योजना अवधिभर बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु. २ हजार ५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०५ वा अधिकतम रु. ३ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यो योजनामा सिमित छुटमात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइनेछ। छुटका लागि ग्राहकले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ ।
यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी ९ईएमआई० सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना २०७९ कात्तिक २५ देखि मंसिर १ गतेसम्म ७ दिनका लागि लागू हुनेछ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२९ वटा कार्यालय तथा १२२ वटा एटीएम सञ्चालनमा रहेका छन् । यसका साथै सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/products/cards/discount-outlets मा उपलब्ध छ।
प्रतिक्रिया