काठमाडौं - आज कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।
बजार आज २३.५२ अंकले ओरालो लागेको हो । योसँगै नेप्से परिसूचक १८९३.७० को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.१७ अंकले घटेर ३७२.३७ को विन्दुमा ओर्लेको छ ।
कारोबार रकम हिजोको तुलनामा घटेर १ अर्ब रुपैयाँ बढीको भएको छ । आज मन्दाकिी हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।
यो दिन अपर हेवाखोला हाइड्रोपावरको सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
प्रतिक्रिया