काठमाडौं - आज कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।
बजार आज २३.५२ अंकले ओरालो लागेको हो । योसँगै नेप्से परिसूचक १८९३.७० को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.१७ अंकले घटेर ३७२.३७ को विन्दुमा ओर्लेको छ ।
कारोबार रकम हिजोको तुलनामा घटेर १ अर्ब रुपैयाँ बढीको भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका ३१ लाख १४ हजार ६८९ कित्ता सेयर १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँमा किनबेच भएका छन् । यो दिन शिवम सिमेन्टको सर्वाधिक १० करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
नेपाल पुनर्बीमा बैंकको ३ करोड ५८ लाख रुपैयाँबराबरको कारोबार भएको आज युनाइटेड मोदी हाइड्रोपावरको ३ करोड ३४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ३३ लाख रुपैयाँ, रिडी पावरको ३ करोड ३० लाख रुपैयाँ, गोर्खाज फाइनान्सको २ करोड ७३ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ७० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ५५ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको २ करोड ५१ लाख रुपैयाँ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको २ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
प्रतिक्रिया