आज सेयर बजार दोहोरो अंकले ओरालो लाग्यो, १ अर्ब बढीको कारोबार

३ बर्ष अगाडि

काठमाडौं - आज कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । 

बजार आज २३.५२ अंकले ओरालो लागेको हो । योसँगै नेप्से परिसूचक १८९३.७० को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.१७ अंकले घटेर ३७२.३७ को विन्दुमा ओर्लेको छ । 

कारोबार रकम हिजोको तुलनामा घटेर १ अर्ब रुपैयाँ बढीको भएको छ ।  आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ । 

आज वित्त समूह सर्वाधिक २।४६ प्रतिशतले ओरालो लागेको छ । अन्य समूह २.३४ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.६८ प्रतिशत, व्यापार समूहमा १.१८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०६ प्रतिशत, विकास बैंक समूहमा १।४२ प्रतिशत, जलविद्युत समूहमा २.०७ प्रतिशत, निर्जीवन बीमा समूहमा १.१६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.२९ प्रतिशत, लघुवित्त समूहमा १.१७ प्रतिशत, जीवन बीमा समूहमा ०।७८ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२ प्रतिशत र लगानी समूहमा १.७२ प्रतिशतको गिरावट आएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया