एमडिएमएस कार्यान्वयनमा आएको दुई महिनमा झन्डै ९ हजार मोबाइल सेट दर्ता

३ बर्ष अगाडि

काठमाडौं - मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा आएको दुई महिनमा झन्डै ९ हजार मोबाइल सेट दर्ता भएका छन् । खासगरी विदेशबाट नेपाल आउने क्रममा व्यक्तिले ल्याएका ८ हजार ८ सय ६४ ओटा मोबाइल दर्ताको लागि निवेदन परेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले भदौं मसान्तदेखि मोबाइल बजारलाई नियामन तथा नियन्त्रण गर्ने प्रणाली कार्यान्वयनमा ल्याएसँगै विदेशबाट एयरपोर्ट र भारतीय सिमा हुँदै भित्रिने हजारौं मोबाइल दर्ता प्रक्रियामा आएको हो ।

विदेशबाट ल्याएका मोबाइलको आईएमईआई दर्ता नगरे मोबाइल सेट नचल्ने प्रणालीका कारण असोज १ गतेदेखि दर्ता अनिवार्य गरेको थियो । आवेदन परेका मध्ये पाँच हजार मोबाइल सेट दर्ता प्रक्रियामा गइसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले एमडिएमएस लागु भएपछि व्यक्तिले अनलाइन तथा भौतिक रुपमा प्राधिकरणमै उपस्थित भएर आफ्नो मोबाइल दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । विदेशबाट नेपाल आएका मोबाइल दर्ता नगराएसम्म नेपालमा कुनै पनि सेट नचल्ने प्राधिकरणले मापदण्ड तोकेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया