काठमाडौं - मेगा क्यापिटल मार्केट्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले मंसिर १६ गते फेयरफिल्ड बाई म्यारिओट त्रिदेवी मार्ग ठमेलमा दिउँसो साढे ३ बजे पाँचौं वार्षिक साधारण सभा बोलाएको हो ।
चुक्ता पूँजीको २४.५० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव सहितका अन्य प्रस्तावहरु पारित गर्न क्यापिटलले साधारण सभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को लागि प्रस्तावित चुक्ता पूँजीको २४.५० प्रतिशतका दरले हुन आउने कर सहित ४ करोड ९० लाख रुपैयाँ नगद लाभांश स्वीकृति गर्ने, सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८/७९ पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब, नगद प्रवाह विवरण लगायतका सम्बन्धित वित्तीय विवरणहरु पेश हुनेछ ।
यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरुको नियुक्ति तथा अनुमोदन गर्ने प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।
प्रतिक्रिया