काठमाडौं - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंसिर पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।
राष्ट्र बैंकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको हो । गत आर्थिक वर्षमा पनि राष्ट्र बैंकले मंसिर १० गते मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको थियो ।
चालु आर्थिक वर्षमा पनि सोही अवधिभित्रमा मौद्रक नीतिको समीक्षा गर्ने तयारीमा राष्ट्र बैंक जुुटेको राष्ट्र बैंक स्रोत बताउँछ । राष्ट्र बैंकले गत साउन ६ गते मौद्रिक नीति सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया