काठमाडौं - आज साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ ।
अघिल्लो कारोबारको दिन बुधबार ३९.१५ अंक घटेर १९१७.२२ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा १.८८ अंक बढेर १९१९.१० विन्दुमा पुगेको हो ।
आज उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०२५ अंक बढेको छ । बिहीबार प्रि ओपन सेसनमा ९ स्टकको ६५ हजार ९२० रुपैयाँ बराबरको १०० कित्ता शेयर खरिदबिक्री भएको छ ।
जसमध्ये ८ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ ।
प्रतिक्रिया