काठमाडौं - युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
समीक्षा अवधिमा संस्थाले २२ लाख ७५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा संस्थाले ३ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा संस्थालाई २ करोड २७ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड १० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
पहिलो त्रैमासमा संस्थाले ५ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ७ करोड ७ लाख रुपैयाँमा सीमित थियो । यो हिसाबले खुद ब्याज आम्दानी पनि १६।६९ प्रतिशतले ओरालो लागेको छ ।
चुक्तापुँजी ११ करोड ६ रुपैयाँ संस्थाको रिजर्भको आकार १९.९३ प्रतिशतले बढेर २६ करोड १५ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा २१ करोड ८१ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा संस्थाले २ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
पहिलो त्रैमासमा संस्थाको एनपीएल घटेर ५.७० प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ६.३६ प्रतिशत थियो ।
वार्षिकीकृत संस्थाको ईपीएस पनि २.१९ रुपैयाँले ऋणात्मक रहेको छ। संस्थाको प्रतिसेयर नेटवर्थ ३६०.०९ रुपैयाँ रहेको छ।
प्रतिक्रिया