पुरानो लाभांश लिन आउन युनाइटेड इन्स्योरेन्सद्धारा सेयरधनीहरुलाई आग्रह

३ बर्ष अगाडि

काठमाडौं - युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै विभिन्न आर्थिक वर्षको नगद लाभांश लिन बाँकी रहेका सेयरधनीलाई बुझिलिन आग्रह गरेको हो । 

यो सूचना जारी भएको मितिले ३० दिनभित्र लाभांश बुझिलिन कम्पनीले आग्रह गरेको छ ।  लगानीकर्ताले लाभांश लिन कम्पनीको सेयर रजिस्ट्रार नबिल इन्भेटमेन्ट बैंकिङको काठमाडौं नक्सालस्थित कार्यालयमा आवश्यक कागजपत्रसहित सम्पर्क गर्न कम्पनीले सूचित गरेको छ । 

तोकिएको मितिभित्र लाभांश नलिएको खण्डमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले स्पष्ट पारेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया