मार्क जुकरबर्गद्धारा कर्मचारी कटौतीको पुष्टि, निकालिने कर्मचारीहरुले कम्तिमा चार महिनाको पारिश्रमिक पाउने

३ बर्ष अगाडि

एजेन्सी - मेटाका सीईओ मार्क जुकरबर्गले सोमबार कम्पनीका सयौं कर्मचारीहरुसँग कुराकानी गरेका छन् । कुराकानीमा उनले मेटामा हुन गइरहेको कर्मचारी कटौतीलाई पुष्टि गरेका छन् । 

यसै क्रममा उनले बुधबार बिहानैदेखि कम्पनीमा कर्मचारी कटौतीको प्रक्रिया सुरु गर्ने बताए । बैठकमा उनले कम्पनीको गलत कदमकालागि आफू जिम्मेवार रहेको बताए ।

कम्पनीको विकासकालागि धेरै आशावादी हुँदा उनले अत्याधिक कर्मचारी नियुक्ती गरेका थिए । वाल स्ट्रिट जर्नलको एक रिपोर्टका अनुसार जुकरबर्गका साथ बैठकमा समावेश एक कर्मचारीले यस कुराको पुष्टि गरेका छन् । समाचारका अनुसार बुधबारदेखि मेटामा हजारौं कर्मचारीहरुको कटौती सुरु हुन सक्छ ।

निकालिने कर्मचारीहरुले कम्तिमा चार महिनाको पारिश्रमिक पाउनेछन् । जुकरबर्गले निकालिनेमा कर्मचारी र व्यापार टीमका सदस्यहरु पर्ने उल्लेख गरेका थिए । फक्स रिपोर्टका अनुसार कर्मचारी कटौतीको योजनाको आन्तरिक घोषणा बुधबार बिहान करिब ६ बजे हुने अनुमान गरिएको थियो ।

मेटाका मानव संसाधन प्रमुख लोरी गोलरले आफ्नो रोजगारी गुमाएका कर्मचारीहरुलाई कम्तिमा चार महिनाको तलब दिने बताएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया