एजेन्सी - विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्ककाको कुल सम्पत्ति २०० अर्ब डलरभन्दा तल झरेको छ । सात महिनामा टेस्लाका सीईओको सम्पत्तिमा ७० अर्ब डलरको ठूलो गिरावट आएको हो ।
ट्विटरको कमान्ड सम्हालेपछि मस्कले कम्पनीमा कर्मचारी कटौती र नयाँ अर्डरका साथ जुन गतिमा परिवर्तन गरिरहेका छन्, त्यही गतिमा उनको सम्पत्ति पनि घटिरहेको छ । सन् २०२२ मा विश्वका धनीव्यक्तिको सम्पत्ति निकै तल झरेको अवस्था छ ।
मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाको पूर्ण ध्यान ट्विटरमा दिएका कारण कम्पनीको सेयर नराम्ररी ओरालो लागेको छ । टेस्लाको सेयरमा आएको गिरावटको प्रत्यक्ष असर मस्कको सम्पत्तिमा परेको छ । फोर्ब्सको रियल टाइम बिलियनियर्स इन्डेक्सका अनुसार मस्कको सम्पत्ति १९४.८ अर्ब डलरमा झरेको छ ।
माइक्रोब्लगिङ साइट ट्विटरसँगको सम्झौताको सुरुआतदेखि नै विश्वको सबैभन्दा ठूलो विद्युतीय कार कम्पनीको सेयर घट्ने प्रक्रिया ४४ अर्ब डलरको यो सम्झौता फाइनल भएपछि पनि अहिले जारी छ । मस्कको सम्पत्तिको ठूलो हिस्सा टेस्लामा लगभग १५ प्रतिशत सेयरबाट आउँछ ।
अप्रिल २०२२ मा ट्विटर सम्झौता सुरु भएदेखि टेस्लाको बजार पुँजीकरण लगभग आधा भएको छ । जब कि मस्कको कुल सम्पत्ति ७० अर्ब डलरले घटेको छ ।
एक धितोपत्र फाइलिङअनुसार ट्विटर कम्पनीका नयाँ मालिक एलन मस्कले हालै टेस्लाको १.९५ किरोड सेयर बेचेका छन् । अहिलेको अवस्थामा ती सेयरको मूल्य करि ३.९५ अर्ब डलर हुन आउँछ ।
मस्कले टेस्ला इंकको सेयर बेचेको यो पहिलोपटक होइन । हालसम्म उनले कम्पनीको २० अर्ब डलरको सेयर बेचिसकेका छन् । यसअघि अप्रिल २०२२ र अगस्ट २०२२ मा उनले टेस्लाको कुल १५।४ अर्ब डलरको शेयर बेचेका थिए ।
प्रतिक्रिया