१२ लाख कित्ता शेयर निष्कासनको अनुमति माग गर्दै बोर्ड पुग्यो चिरख्वा हाइड्रो

३ बर्ष अगाडि

काठमाडौं - चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न अनुमति मागेको छ ।

कम्पनीले कात्तिक १७ गते आईपीओ निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले सर्वसाधारणलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया