यी हुन् आज धेरै कारोबार गर्ने कम्पनीहरु

३ बर्ष अगाडि

काठमाडौं - आज बुधबार सेयर बजारमा भारी गिरावट आएको छ । बजारमा आज ३९.१५ अंकको गिरावट आएको हो । 

योसँगै नेप्से परिसूचक १९१७.२२ को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.६८ अंकले घटेर ३७६.५३ को विन्दुमा ओर्लेको छ । 

कारोबार रकम १ अर्ब ४० करोड रुपैयाँ बढीको भएको छ । आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ । यो दिन वित्त समूह सर्वाधिक ४.७३ प्रतिशतले ओरालो लागेको छ । 

आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३७ रुपैयाँ किनबेच भएका छन् । यो दिन नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक ६ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । 

शिवम सिमेन्टको ६ करोड ८ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ५ करोड १० लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ५ करोड ७ लाख रुपैयाँ, रिडी पावरको ४ करोड ८५ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ८५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ७१ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ३ करोड ५२ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ३ करोड ३७ लाख रुपैयाँ र जाल्पा सामुदायिक लघुवित्तको ३ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया