काठमाडौं - आज बुधबार सेयर बजारमा भारी गिरावट आएको छ । बजारमा आज ३९.१५ अंकको गिरावट आएको हो ।
योसँगै नेप्से परिसूचक १९१७.२२ को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.६८ अंकले घटेर ३७६.५३ को विन्दुमा ओर्लेको छ ।
कारोबार रकम १ अर्ब ४० करोड रुपैयाँ बढीको भएको छ । आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ । यो दिन वित्त समूह सर्वाधिक ४.७३ प्रतिशतले ओरालो लागेको छ ।
विकास बैंक समूह ३.१८ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.०३ प्रतिशत, व्यापार समूहमा ०.९५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.०६ प्रतिशत, जलविद्युत समूहमा २.६ प्रतिशत, निर्जीवन बीमा समूहमा १.८६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.६७ प्रतिशत, अन्य समूहमा २।३५ प्रतिशत, लघुवित्त समूहमा २.६९ प्रतिशत, जीवन बीमा समूहमा २.१८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३१ प्रतिशत र लगानी समूहमा २.७९ प्रतिशतको गिरावट आएको छ ।
प्रतिक्रिया