विमान आकाशमै उडिरहँदा अन्तर्वार्ता दिएपछि वरिष्ठ पाइलट विजयलाई उडानमा रोक

३ बर्ष अगाडि

काठमाडौं - विमान आकाशमै उडिरहँदा अन्तर्वार्ता दिएपछि नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजयलाई उडानमा रोक लगाइएको छ । 

विदेशी भ्लगर साम चुईलाई विमान उडाइरहेकै समयमा ककपिटबाट नै लामाले भिडियो अन्तर्वार्ता दिएका थिए । यसरी अनुमतिबिना ककपिटमा चालक दलका सदस्य बाहेक अन्य व्यक्तिको प्रवेश निषेधित हुन्छ । 

तर, कारण स्पष्ट पार्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमति लिएर मात्र पाइलटले फोटो वा भिडियो खिच्न सक्छन् । विजय लामाले भने एभिएसन भ्लगर साम चुईलाई अनुमतिबिना नै भिडियो अन्तर्वार्ता दिएपछि उनी छानविनमा तानिएका हुन् । 

छानविन प्रतिवेदन नआएसम्म उनको नाम उडानको रोष्टरबाट हटाइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया