काठमाडौं - एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ का इकाइहरु आज नेपाल स्टक एक्सचेन्ज (नेप्से0 मा सूचीकृत भएको छ ।
यो योजनाका इकाइहरु सूचीकृत गर्न नेप्से र योजना व्यवस्थापक एनएमबि क्यापिटलबीच सूचीकरण सम्झौता भएको हो। जसअनुसार एनएमबि सुलभ इन्भसेस्टमेन्ट फन्ड–२का १० रुपैयाँ अंकित दरका कुल १२ करोड २१ लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ ।
नेप्सेमा कुनै पनि धितोपत्र सूचीकरण सम्झौता भएको दोस्रो दिनबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउँछ । त्यसैले यो योजनाका इकाइहरु पनि भोलि बिहीबारबाट कारोबारमा आउनेछन् ।
प्रतिक्रिया