२१.०५२६३ प्रतिशत लाभांश पारित गर्न केयर रेटिङ्गस् नेपालले बोलायो साधारण सभा, कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - रेटिङ कम्पनी केयर रेटिङ्गस् नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २१.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित मंसिर १५ गते बिहीबार छैटौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

नेपालको विशाल ग्रुप सहितको लगानी रहेको भारतीय केयर रेटिंग लिमिटेडको सहायक कम्पनीले उक्त दिन पुतलीसडक स्थित स्टार मलको पाँचौं तल्लामा रहेको आफ्नै कार्यालयमा दिउँसो सवा ३ बजे साधारण सभा आह्वान गरेको हो ।

साधारण सभामा लाभांश अनुमोदनको प्रस्ताव सहित सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छ ।

यसैगरी कम्पनीले सभामा कम्पनीको कार्यालयको ठेगाना परिवर्तन गर्ने, सोहि अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को अख्तियारी संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि लैजाने भएको छ ।

केयर रेटिङ्गस् नेपाल लिमिटेडमा विशाल ग्रूप, शिबाल ग्रुपकै लगानी रहेको प्रुडेन्सियल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन तथा नेपाल पुनर्बिमा कम्पनी, इमर्जिङ्ग नेपाल, ग्लोबल आईएमई बैंक लगायतको लगानी छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया