विश्वकपको समयमा कतारस्थित नेपाली दूतावास चार घण्टा मात्रै खुल्ने

३ बर्ष अगाडि

काठमाडौं - विश्वकपको समयमा कतारस्थित नेपाली दूतावास चार घण्टा मात्रै खुल्ने भएको छ । 

विश्वकप फुटबल प्रतियोगिताको समयमा सरकारी कार्यालयको कार्यसमय घटाउने कतार सरकारको निर्णय बमोजिम नेपाली दूतावासको पनि कार्यसमय परिवर्तन गरिएको जनाइएको छ ।

नोभेम्बर १३ बाट डिसेम्बर १९ सम्म करिब ३७ दिन कार्यालय अवधि स्थानीय समय अनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म मात्रै रहने दूतावासले सोमबार सूचनामार्फत सार्वजनिक गरेकोे छ ।

 अत्यावश्यक तथा कन्सुलर सेवाका लागि ४४६७५६८१ र ४४६७५६८३ नम्बरमा दिउँसो २ बजेसम्म सम्पर्क गर्न भने सकिने दूतावासले उल्लेख गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया