काठमाडौं - आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेको छ ।
अघिल्लो कारोबारको दिन मंगलबार २.५७ अंक घटेर १९५६.३७ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा १.३९ अंक बढेर १९५७.७६ विन्दुमा पुगेको हो ।
आज उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०४ अंक बढेको छ । आज प्रि ओपन सेसनमा १० स्टकको ७ लाख ८२ हजार ३०४ रुपैयाँ २० पैसा बराबरको ३५४ कित्ता शेयर खरिदबिक्री भएको छ ।
जसमध्ये ८ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ ।
प्रतिक्रिया