गत वर्ष ३.३६ अर्ब अमेरिकी डलरको बिटक्वाइन जफत घटनाको रहस्य खुल्यो

३ बर्ष अगाडि

एजेन्सी - अमेरिकी न्याय विभागले गत वर्ष ३.३६ अर्ब अमेरिकी डलर (झन्डै ४ खर्ब ४४ अर्ब रुपैयाँ) को बिटक्वाइन जफत गरेको घटनाको रहस्य खुलेको छ । यी बिटक्वाइन एक कुख्यात डार्कनेट वेबसाइटबाट चोरी भएका थिए ।

एक ह्याकरको घरबाट ५० हजारभन्दा बढी बिटक्वाइनको यो भण्डार फेला परेको थियो । यसलाई भुइँमुनि बनाइएको लकरमा पपकर्नको बाकसभित्र विभिन्न यन्त्रमा लुकाएर राखिएको थियो ।

जेम्स जोङले सन् २०१२ मा अवैध ‘सिल्क रोड’ वेबसाइटबाट ह्याक गरेको स्वीकार गरेका छन् । अमेरिकी अधिकारीहरुले यो इतिहासमा दोस्रो ठूलो बिटक्वाइन बरामद भएको बताएका छन्। जोङको जर्जियाको घरमा प्रहरीले एक वर्षअघि छापा मारेको थियो । तर, अहिले यो घटना सार्वजनिक भएको हो । 

छापामारी त्यतिबेला भएको थियो जब बिटक्वाइनको मूल्य उच्चस्तरमा थियो । जफत गरिएका बिटक्वाइनको मूल्य अहिले करिब १.१ अर्ब डलर अर्थात करिब १ खर्ब ४५ अर्ब रुपैयाँभन्दा बढी छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया