काठमाडौं - नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई ५ आर्थिक वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ ।
संस्थाले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०६६र६७, २०६७र६८, २०६८र६९, २०७०र७१ र २०७२र७३ को नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो । नगद लाभांश लिन आउँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र लिएर आउन पनि संस्थाले आग्रह गरेको छ ।
संस्थाले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र लाभांश लिन बाँकी सेयरधनीहरुलाई संस्थाको सेयर रजिस्ट्रार आरबीबी मर्चेन्ट बैंकिङको काठमाण्डौको टेकुस्थित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
तोकिएको मितिभित्र नगद लाभांश लिन नआएको खण्डमा लगानी संरक्षण कोषमा जम्मा गरिने पनि संस्थाले स्पष्ट पारेको छ । लाभांश लिन बाँकी रहेको सेयरधनीहरुको विवरण संस्थाको वेबसाइटमा प्रकाशित गरिएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया