तीन महिनामा नेष्डो समृद्ध लघुवित्तले कामायो ५ करोड ६४ लाख नाफा, ईपीएस  कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोजसम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ११.३० प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ११.३० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ८ करोड ५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ८ करोड ९६ लाख रुपैयाँ भएको छ । 

पहिलो त्रैमासमा संस्थाले ९ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ९ करोड २ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि १०।५३ प्रतिशतले उकालो लागेको छ । 

चुक्तापुँजी २५ करोड ५० रुपैयाँ संस्थाको रिजर्भको आकार ३१.१० प्रतिशतले बढेर ६३ करोड ७ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा ४८ करोड ११ लाख रुपैयाँमा सीमित थियो । 

समीक्षा अवधिमा संस्थाले ४० करोड ८३ लाख रुपैयाँ सापटी लिई ४ अर्ब ७० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३५ करोड ५१ लाख रुपैयाँ सापटी लिई ३ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

पहिलो त्रैमासमा संस्थाको एनपीएल घटेर ४.४१ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ७.३२ प्रतिशत थियो । 

वार्षिकीकृत संस्थाको ईपीएस ८८.५६ रुपैयाँ, पीई रेसियो ३१.६१ गुणा र प्रतिसेयर नेटवर्थ ३४७.३५ रुपैयाँ रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया