एजेन्सी - बढ्दो मुद्रास्फीति र त्यस नियन्त्रण गर्न चालिएका कदमहरुले ठूला अर्थतन्त्रहरुमा मन्दी आउन सक्ने अनुमान गरिएको छ । यही बेला रुस–युक्रेन युद्धको मारमा विश्व अर्थतन्त्र परेको छ ।
विश्वकै ठूलो अर्थतन्त्र अमेरिकाको सेयर बजार पनि पछिल्लोपटक सन् २००८ यताकै खराब अवस्थामा पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रुस–युक्रेन युद्धसँगै बढ्दो इन्धनको मूल्यले निम्ताएको मुद्रास्फ्रीति र बढ्यो ब्याजदरको मारमा अमेरिकी सेयर बजार परेको हो।
सीएनएनका अनुसार अमेरिकी सेयर बजारमा जीम्मी कार्टरको समयपछिकै खराब अवस्था जो वाइडनको समयमा आएको छ । यो वर्ष युद्ध र मुद्रास्फ्रीतिका कारण एस एन्ड पी ५०० हाल २० प्रतिशतले गिरावट आएको छ । यो भनेको २००८ यताकै सबैभन्दा उच्च गिरावट हो ।
यसअघि कोभिड महामारीको प्रभावका कारण सप्लाई चेनमा परेको प्रभावले धेरै अमेरिकी लगानीकर्ताहरु सेयर बजारमा आएका थिए । जानकारहरुका अनुसार बाइडेनको आर्थिक प्याकेजका कारण पनि धेरै अमेरिकी सेयर बजारमा समाबेश भएका थिए। जो अहिले प्रभावित भएका छन् ।
प्रतिक्रिया