तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुद्धारा करिब ११ अर्ब बीमा शुल्क आर्जन

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको असोजसम्ममा निर्जीवन बीमा कम्पनीहरुले करिब ११ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार १९ वटा निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ११.८५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको असोजसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ९ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

कुल बीमा शुल्क आर्जनमा राष्ट्रिय बीमा कम्पनी शिर्ष स्थानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको असोजसम्ममा सबैभन्दा धेरै १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको ११.६६ प्रतिशत हो ।

यस्तै सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा भने जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । जनरल इन्स्योरेन्सले यस अवधिमा २५ करोड १८ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनहिरुले आर्जन गरेको कुल बीमाशुल्कको २.३२ प्रतिशत मात्रै हुन आउँछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया