काठमाडौं - गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार सो अवधिसम्ममा लघुवित्तले नोक्सानी व्यहोरेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ६० लाख २२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३१ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी आम्दानी लगायतका आम्दानी घटेसँगै लघुवित्तले नोक्सानी व्यहोर्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६३.४१ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी २३.६३ प्रतिशत घटेको छ ।
त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ४९.५० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६० लाख २२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ ।
समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २४ रुपैयाँ ७१ पैसा ऋणात्मक रहेको छ । असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ४३ पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १६.९१ प्रतिशत बढेको छ भने जगेडा कोष ३७।१३ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको सापटी ०.८६ प्रतिशत, निक्षेप ३६.९८ प्रतिशत र कर्जा १०.३२ प्रतिशत बढेको छ ।
प्रतिक्रिया