काठमाडौं - सेयर बजारमा मंगलबार पनि झिनो अंकको गिरावट आएको छ । आज बजार २.५७ अंकले घटेको हो ।
योसँगै नेप्से परिसूचक १९५६.३६ को विन्दुमा ओर्लेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१२ अंकले घटेर ३८४.२१ को विन्दुमा झरेको छ । कारोबार रकम पनि हिजोको तुलनामा घटेर १ अर्ब रुपैयाँ बढीको भएको छ ।
आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका २७ लाख ७३ हजार ७३७ कित्ता सेयर १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६७ रुपैयाँमा किनबेच भएका छन् । यो दिन शिवम सिमेन्टको सर्वाधिक ८ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
आज लाइफ इन्स्योरेन्स कर्पोरेसन र गुराँस लघुवित्तका सेयरधनीहरुले धेरै कमाए । यी दुवै कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले उकालो लागेको छ ।
यो दिन कालिका लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ ।
प्रतिक्रिया