काठमाडौं - सेयर बजारमा मंगलबार पनि झिनो अंकको गिरावट आएको छ । आज बजार २.५७ अंकले घटेको हो ।
योसँगै नेप्से परिसूचक १९५६.३६ को विन्दुमा ओर्लेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१२ अंकले घटेर ३८४.२१ को विन्दुमा झरेको छ । कारोबार रकम पनि हिजोको तुलनामा घटेर १ अर्ब रुपैयाँ बढीको भएको छ ।
आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका २७ लाख ७३ हजार ७३७ कित्ता सेयर १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६७ रुपैयाँमा किनबेच भएका छन् । यो दिन शिवम सिमेन्टको सर्वाधिक ८ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
सिटिजन्स बैंकको ६ करोड ९८ लाख रुपैयाँबराबरको कारोबार भएको आज जाल्पा सामुदायिक लघुवित्तको ४ करोड ३९ लाख रुपैयाँ, रिडी पावरको ४ करोड ३७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ९३ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ३ करोड ३७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ५ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको २ करोड ९६ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको २ करोड ५२ लाख रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको २ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
प्रतिक्रिया