प्रभु बैंकको ५० लाख बढी कित्ता बिक्रीमा आयो

३ बर्ष अगाडि

काठमाडौं - प्रभु बैंकको ५० लाख बढी कित्ता सेयर आज कात्तिक २२ गतेबाट बिक्रीमा राखिएको छ । बैंकले संस्थापक सेयरधनीको ५० लाख १६ हजार १९९ कित्ता सेयर बिक्री राखेको हो । 

बैंकका ८ जना सस्थापक सेयरधनीले ती सेयर बिक्री गर्न लागेका हुन् । बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन दिन सक्नेछन् । 

उनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन पेस गर्नुपर्नेछ । 

बैंकले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य १८० रुपैयाँ तोकेको छ । यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । 

लगानीकर्ताले खरिद आवेदन काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको प्रधान कार्यालय दिनुपर्नेछ । तोकिएको समयावधिभित्र कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया