काठमाडौं - राधी विद्युत कमपनीले १३ लाख बढी कित्ता अवितरित हकप्रद सेयर कात्तिक २९ गतेबाट बिक्रीमा राख्ने भएको छ।
कम्पनीले गत असोज ५ गतेबाट असोज २५ गतेसम्म चुक्तापुँजीको १ः१।४७५२ अनुपातमा कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा बिक्री नभएको १३ लाख ५२७.९९ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राख्न लागेको हो ।
यो लिलामी सेयर खरिदका लागि इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा भने कुनै हद लाग्ने छैन ।
लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले मंसिर ७ गते बैंकिङ समयभित्र बोलपत्र पेस गर्नुपर्नेछ ।
बोलपत्र काठमाण्डौको नक्सालस्थित मुक्तिनाथ क्यापिटलको कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, इटहरी, विराटनगर, इलाम, बिर्तामोड, वीरगन्ज, जनकपुर, नारायणगढ, हेटौँडा, पृथ्वीचोक (पोखरा), बागलुङ, बुटवल, नेपालगन्ज, तुलसीपुर, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ ।
प्रतिक्रिया