कालिका लघुवित्तको नाफा ६.८१ प्रतिशत घटेर ७ करोड ११ लाखमा सीमित, प्रतिशेयर आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा घटेको छ ।

गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको खुद नाफा ६.८१ प्रतिशत घटेर ७ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी आम्दानी लगायतका आम्दानी घटेसँगै राइट ब्याक पनि घटेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.८१ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी २९.७२ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ११.८६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६७.४८ प्रतिशत घटेको छ ।

नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ६९ रुपैयाँ २० पैसाबाट घटेर १६ रुपैयाँ ८३ पैसामा झरेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५७.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ ८५ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १२.७२ प्रतिशत बढेको छ भने जगेडा कोष २४.३३ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी २९.८६ प्रतिशत, निक्षेप १५.०३ प्रतिशत र कर्जा १६.६५ प्रतिशत बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया