यी हुन् आज धेरै कमाउने र धेरै गुमाउने कम्पनीहरु

३ बर्ष अगाडि

काठमाडौं - सेयर बजारमा सोमबार झिनो करेक्सन भएको छ । बजारमा आज ६.४३ अंकको करेक्सन भएको हो । 

योसँगै नेप्से परिसूचक १९५८.९४ को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.१९ अंकले घटेर ३८५,३३ को विन्दुमा ओर्लेको छ । कारोबार रकम भने हिजोको तुलनामा बढेर २ अर्ब रुपैयाँ बढीको भएको छ । 

यो दिन धौलागिरी लघुवित्तका सेयरधनीहरुले धेरै कमाए । यो लघुवित्तको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ ।

आज ग्लोबल आइएमई लघुवित्त र सपोर्ट लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए । यी दुवै लघुवित्तका सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया