यी हुन् आज धेरै कारोबार गर्ने कम्पनीहरु

३ बर्ष अगाडि

काठमाडौं - सेयर बजारमा सोमबार झिनो करेक्सन भएको छ । बजारमा आज ६.४३ अंकको करेक्सन भएको हो । 

योसँगै नेप्से परिसूचक १९५८.९४ को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.१९ अंकले घटेर ३८५.३३ को विन्दुमा ओर्लेको छ । 

कारोबार रकम भने हिजोको तुलनामा बढेर २ अर्ब रुपैयाँ बढीको भएको छ । आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छाएको छ भने बाँकी ८ वटामा समूहमा रातो पोतिएको छ । 

आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ४९ लाख ४४ हजार ७६ कित्ता सेयर २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८४ रुपैयाँमा किबनेच भएका छन् । यो दिन जाल्पा सामुदायिक लघुवित्तको सर्वाधिक १५ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । 

शिवम सिमेन्टको ११ करोड ३९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेष्डो समृद्ध लघुवित्तको १० करोड ६२ लाख रुपैयाँ, रिडी पावरको ९ करोड ६० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ८५ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ५ करोड १५ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ४ करोड २७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ८८ लाख रुपैयाँ, फरवार्ड लघुवित्तको ३ करोड ७६ लाख रुपैयाँ र नेपाल टेलिकमको ३ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया