कुमारी बैंकको १२.५० प्रतिशत नगद लाभांश पारित

३ बर्ष अगाडि

काठमाडौं - कुमारी बैंक लिमिटेडको २२औं वार्षिक साधारण सभा आज (कात्तिक २१ गते, सोमबार) कुमारी बैंकको नक्साल कार्यालयमा सम्पन्न भएको छ ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १२.५० प्रतिशत नगद लाभांश (कर समेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित भएको छ । 

साथै मर्जर तथा एक्विजिशन गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति तथा सोले गरेको कार्य अनुमोदन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि अन्य कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी दिने प्रस्ताव समेत पारित गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया