काठमाडौं - सेयर बजारमा सोमबार झिनो करेक्सन भएको छ । बजारमा आज ६.४३ अंकको करेक्सन भएको हो ।
योसँगै नेप्से परिसूचक १९५८.९४ को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.१९ अंकले घटेर ३८५.३३ को विन्दुमा ओर्लेको छ ।
कारोबार रकम भने हिजोको तुलनामा बढेर २ अर्ब रुपैयाँ बढीको भएको छ । आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छाएको छ भने बाँकी ८ वटामा समूहमा रातो पोतिएको छ ।
आज म्युचुअल फन्ड समूह सर्वाधिक १.०६ प्रतिशतले उकालो लागेको छ । जीवन बीमा समूहमा ०.५१ प्रतिशतले बढ्दा व्यापार समूहमा ०.१७ प्रतिशत, लघुवित्त समूहमा ०.०६ प्रतिशत र लगानी समूहमा ०।०१ प्रतिशतको बढोत्तरी भएको छ ।
यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.२१ प्रतिशतले ओरालो लागेको छ । विकास बैंक समूह १.१२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.२९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.०७ प्रतिशत, जलविद्युत समूहमा ०.२९ प्रतिशत, वित्त समूहमा ०.५९ प्रतिशत, निर्जीवन बीमा समूहमा १.०४ प्रतिशत, लघुवित्त समूहमा ०.४८ प्रतिशतको गिरावट आएको छ ।
प्रतिक्रिया