वाणिज्य बैंकहरुको निक्षेप एक सातामा २१ अर्बले बढ्यो

३ बर्ष अगाडि

काठमाडौं - वाणिज्य बैंकहरुको निक्षेप एक सातामै २१ अर्ब रुपैयाँले बढेको छ । 

नेपाल बैंकर्स संघ (एनबीए)ले आज सार्वजनिक गरेको कात्तिक १२ गतेदेखि कात्तिक १८ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप २१ अर्ब रुपैयाँले बढेको हो । 

योसँगै कात्तिक १८ गतेसम्म बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ। गत कात्तिक ११ गतेसम्म कुल निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँ रहेको थियो । 

कात्तिक लागेयता भने वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँले घटेको देखिन्छ । किनकि असोज मसान्तसम्म कुल निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो । 

एनबीएका अनुसार यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ । गत कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब २५ अर्ब रुपैयाँ रहेकोमा कात्तिक १८ गतेसम्म घटेर ४२ खर्ब २४ अर्ब रुपैयाँमा झरेको छ । 

कात्तिक लागेयता भने वाणिज्य बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेको छ । गत असोज मसान्तसम्म कुल कर्जा लगानी ४२ खर्ब २० अर्ब रुपैयाँ रहेको थियो । 

निक्षेप बढेसँगै वाणिज्य बैंकहरुको औसत सीडी रेसियो पनि घटेको छ । गत कात्तिक ११ गतेसम्म औसत सीडी रेसियो ८७.५८ प्रतिशत रहेकोमा घटेर ८७.२१ प्रतिशतमा झरेको छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया