विश्वभर १२ हजार कर्मचारी हटाउन तयारीमा फेसबुकको मूल कम्पनी मेटा

३ बर्ष अगाडि

एजेन्सी - सामाजिक सञ्जाल कम्पनी फेसबुकले ठूलो मात्रामा कर्मचारी कटौती गर्ने तयारी गरिरहेको छ । मिडिया रिपोर्टहरुका अनुसार फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्म्स इंकले हजारौँ कर्मचारीलाई हटाउने तयारी गरेको हो । 

यो काम बुधबारदेखि सुरु हुँदैछ । कम्पनीले विश्वभर १२ हजार कर्मचारीलाई हटाउन सक्छ । मेटाले हाल लगभग ८७ हजार कर्मचारीलाई रोजगार दिएको छ । 

यसअघि शुक्रबार ट्विटरले विश्वभर ३ हजार ७०० कर्मचारीलाई हटाएको थियो । यसपछि कम्पनीमा कर्मचारीको संख्या आधाले घटेको छ । 

विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले अक्टोबरको अन्त्यमा ट्विटर किन्नका लागि सम्झौता पूरा गरेका सिथए । त्यसपछि कम्पनीले आधा कर्मचारीलाई बर्खास्त गरेको थियो ।

मस्कपछि मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग पनि ठूलो संख्यामा कर्मचारी कटौतीको तयारीमा छन् । यो वर्ष कम्पनीको सेयर ७३ प्रतिशतले घटेको छ । 

फेसबुक (अहिले मेटा प्लेटफर्म) को अहिले टिकटक र युट्युबजस्ता प्लेटफर्मबाट कडा प्रतिस्पर्धा भइरहेको छ । यो १८ वर्ष पुरानो कम्पनीबाट प्रयोगकर्ताहरु टिकटक र युट्युबतिर सर्दैछन् । जसका कारण कम्पनीको आम्दानीमा नराम्रो असर परेको छ । 

यो वर्ष कम्पनीको सेयरमा भारी गिरावट आएको छ । कम्पनीले यसअघि नै नयाँ कर्मचारी भर्नामा रोक लगाएको थियो । अब ठूलो कटौती गर्ने भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया