बिक्रीमा आयो एनसीसी बैंकको २२ लाख ३३ हजार २०२ कित्ता संस्थापक सेयर, कहाँबाट दिने आवेदन

३ बर्ष अगाडि

काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको २२ लाख ३३ हजार २०२ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकका विद्यमान ९ जना संस्थापक सेयरधनीहरुले उक्त सेयर बिक्रीमा ल्याएका हुन् । 

बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले सो सेयरमा कात्तिक २१ गते सोमबारदेखि ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले एनसीसी बैंकको बागबजार, काठमाडौंस्थित सेयर विभागमा सेयर खरिदका लागि लिखित निवेदन दिनुपर्ने बैंकले जनाएको छ । 

तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सबे सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा भने अन्य व्यक्ति तथा संस्थाहरुलाई उक्त संस्थापक सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया