काठमाडौं - नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा मार्फत कम्पनीले संस्थापकहरुबाट कूल पुँजीको ८० प्रतिशत बराबर रु ५५ करोड पूँजी पुर्याई २० प्रतिशत बारबारको रु १३ करोड ७५ लाख सर्वसाधारणहरूका लागि यही आर्थिक वर्ष भित्रमा आईपीओ जारी प्रस्ताव पारित गरेको छ ।
कम्पनीले साइलो प्रविधिबाट मकै, गौ, भटमास लगायत ५५,००० मेट्रिक टन क्षमता बराबर भण्डारण सुविधा, कृषि उपजहरूको वैज्ञानिक लिलाम व्यवस्थापन, वेयर हाउस रसिदको धितोमा विभिन्न बैंकहरुको सहकार्यमा ऋण सुविधा तथा अनाज कन्टेनरको सेवा दिनेछ ।
कम्पनीले सुनसरी जिल्लाको औरबानी शाखा र कपिलवस्तु जिल्लाको चन्द्रौटा शाखामा १५००० मेट्रिक टन क्षमताका साइलो, पर्सा जिल्लाको बिरुवागुठी शाखामा २५००० मेट्रिक टन क्षमताका साइलो जडान गरिरहेको छ ।
तीनवटै परियोजनाको अनुमानित लागत रु १ अरब ५० करोड छ, जसमा बाकी लगानी ५ वटा बैंकहरूबाट सहबित्तियकारणबाट जुटाइएको छ । औरबानी शाखाको सञ्चालन यही महिनाबाट भण्डारण सुरुवात गर्ने योजना कम्पनीको छ ।
साथै ६ महिना भित्र अन्य दुई परियोजना मार्फत सेवा प्रदान गर्ने लक्ष कम्पनीको छ । लगत्तै कम्पनीले धानको विभिन्न शाखाहरुबाट लिलाम बडाबडको सुरुवात गर्ने लक्ष समेत कम्पनीले लिएको छ ।
कम्पनीको भारतको सबैभन्दा ठुलो भण्डारण सुविधा प्रदायक नेशनल कोलट्ररल म्यानेजमेन्ट कम्पनी लिमिटेडसँग सहकार्य रहेको छ । यसले देशमा अन्न सुरक्षा बडाई देशको खाद्य सुरक्षामा महत्वपूर्ण योगदान गर्ने लक्ष लिइएको छ ।
कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, श्रीनगर एग्रो, मुक्तिनाथ एग्रो, निफ्रा, एनएमवि बैंक, आईएमई जनरल इन्स्योरेन्स, हाथवे, हिमालयन क्यापिटल, टिएनआई, टिम भेन्चस्, आध्यानता, अल्फा क्यापिटल लगायतको लगानी रहेको छ ।
प्रतिक्रिया