काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेसनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ ।
हिमालयन ह्वाइट हाउस इनटरनेसनल कलेजमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्झौतापत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेलले र बैंकका तर्फबाट मानव संसाधन विभागका प्रमुख विशालराज कार्कीले हस्ताक्षर गरेका छन् ।
त्यसैगरी शुभश्री कलेज अफ म्यानेजमेन्टमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्झौतापत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक मनिता ओलीले र बैंकका तर्फबाट मानव संसाधन विभागका प्रमुख विशालराज कार्कीले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापश्चात बैंकले कलेजका विद्यार्थीका लागि Internship Opportunity, Job Fair Program, Banking Awareness Program, Guest Lecture Visit लगायत अन्य कार्यक्रम प्रदान गर्नेछ । यस किसिमको सहकार्यबाट कलेजका विद्यार्थी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै बैंकले नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया