अजोड इन्स्योरेन्सले शेयरमा परिवर्तन गर्न बोलायो साधारण सभा, कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीले मंसिर ९ गते, शुक्रबार उक्त सभा बोलाएको हो । 

सभा लैनचौर बैङ्क्वेट, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ । सभाले कुनै उपयुक्त निर्जीवन बीमा कम्पनीसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने छ । 

यस्तै संस्थापक समूह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना क्रमशः ७०ः३० को अनुपातमा रहेको संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गरी कम्पनीको शेयर स्वामित्व संरचना ५१ः४९ प्रतिशतको अनुपात कायम गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले मंसिर २ गते, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया