प्रि ओपन सेसन : नेप्से परिसूचक करिब ३ अंकले उकालो लाग्यो

३ बर्ष अगाडि

काठमाडौं - साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ ।

अघिल्लो कारोबारको दिन आइतबार ४३.२० अंक बढेर १९६५.३६ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा २.७० अंक बढेर १९६८.०७ विन्दुमा पुगेको  हो । 

आज उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१४ अंक बढेको छ । सोमबार प्रि ओपन सेसनमा २७ स्टकको ४७ लाख ८९ हजार १३३ रुपैयाँ बराबरको १ हजार ८७८ कित्ता शेयर खरिदबिक्री भएको छ । 

जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ । बाँकी ४ स्टकको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया