काठमाडौं - ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मा १ करोड १८ लाख रुपैयाँ घाटा व्यहारेको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार अघिल्लो वर्ष यही अवधिमा संस्थाले ९ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा संस्थालाई १ अर्ब ३१ करोड रुपैयाँ सञ्चालन घाटा भएको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले १३ करोड ५४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
पहिलो त्रैमासमा संस्थाले २१ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३० करोड २० लाख रुपैयाँ भएको थियो । यो हिसाबले खुद ब्याज आम्दानी पनि २७.२३ प्रतिशतले ओरालो लागेको छ ।
चुक्तापुँजी ९८ करोड २५ लाख रुपैयाँ संस्थाको रिजर्भको आकार १५.४४ प्रतिशतले बढेर १ अर्ब २७ करोड रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा १ अर्ब १० करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा संस्थाले ६ अर्ब ३८ करोड रुपैयाँ सापटी लिई १३ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ७ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
पहिलो त्रैमासमा संस्थाको एनपीएल बढेर ४.९१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ३.२५ प्रतिशत थियो ।
वार्षिकीकृत संस्थाको ईपीएस ४.८० रुपैयाँले ऋणात्मक रहेको छ । पीई रेसियो १२५.४२ गुणाले ऋणात्मक रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २३०.०७ रुपैयाँ रहेको छ।
प्रतिक्रिया