बरुण हाइड्रोको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

३ बर्ष अगाडि

काठमाडौं - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको लिलामी सेयर उठाउने आज कात्तिक २१ गते अन्तिम मौका रहेको छ । 

यो कम्पनीले गत कात्तिक १४ गतेबाट सर्वसाधारणतर्फबाट अवितरित ३ लाख ५५ हजार ६० कित्ता हकप्रद सेयर बिक्रीमा राखेको थियो । यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ ।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । 

 बोलपत्र काठमाण्डौको टेकुस्थित आरबीबी मर्चेन्ट बैंकिङ, राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु वीरगन्ज, जनकपुर, नारायाण्गढ, बागलुङ बजार, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुलसीपुर, महेन्द्रनगर, विराटनगर र पोखरा क्षेत्रीय कार्यालयबाट पेस गर्न सकिने धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्टले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया