समीट लघुवित्तको खुद नाफा ५२.८१ प्रतिशत घटेर १ करोड ८५ लाखमा सीमित

३ बर्ष अगाडि

काठमाडौं - समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद नाफा ५२.८१ प्रतिशत घटेर १ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी लगायतका आम्दानी घटेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९।११ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.१७ प्रतिशत घटेको छ । 

त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १८ प्रतिशत र सञ्चालन मुनाफा ५२.८१ प्रतिशत घटेको छ । नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २४ रुपैयाँ ८७ पैसा घटेर १५ रुपैयाँ १ पैसामा झरेको छ । 

असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५०.९३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ २ पैसा रहेको छ ।समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५.२९ प्रतिशत बढेको छ भने जगेडा कोष ३.७१ प्रतिशत बढेको छ । 

त्यसैगरी, लघुवित्तको निक्षेप २३.९ प्रतिशत, सापटी १७.६६ प्रतिशत र कर्जा १९.२० प्रतिशत बढेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया