५ अर्बको ऋणपत्र निष्कासन गर्दै ग्लोबल आइएमई बैंक, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

३ बर्ष अगाडि

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडको ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । 

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

सम्झौता कार्यक्रम काठमाण्डौको कमलादीस्थित ग्लोबल आइएमई बैंकको कार्यालयमा भएको थियो । बैंकले ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ जारी गर्नेछ । यो ऋणपत्र ५ वर्षे अवधिको हो । यसमा लगानीकर्ताहरुले वार्षिक ११।२५५ ब्याज पाउनेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया